नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनको ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताउँदै म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्नु जानु दुई दिनअघि उनको गीतको अडियो सार्वजनिक भएको थियो । उनले आफ्नो पहिलो प्राथमिकतामा क्रिकेट नै रहेको पनि जानकारी दिएका छन् । ‘म क्रिकेट खेलाडी हुन्न थिए र यसमा सफलता पाउने थिइन भने यो सब सम्भव थिएन,’ उनले अगाडि भने,‘त्यसैले मेरो लागि क्रिकेट सधै पहिलो प्राथमिकता थियो र हुनेछ ।
‘उदास थियो यो मेरो मन’ बोलको गीतमा बोनोद तिमिल्सिना को रचना ,क्रिकेटर गायक सन्दिप लामिछानेको संगीत,सनिश सुनुवारको संगीत संयोजन ,अनिल धितालको म्युजिक क्रिएशन ,अर्जुन तिवारीको छायांकन ,बिकाश दाहालको सम्पादन रहेको उक्त गीतको भिडियोमा ,निर्देशन भने ,भिडियो सम्पादनमा चर्चा कमाएका निशान घिमिरेको रहेको छ | साथै भिडियोमा जिबन भटराई र श्रीष्टि खड्का को दमदार अभिनय रहेको छ |
म्युजिक भिडियोमा सन्दीप आफै पनि रहेका छन् । म्युजीक भिडियो सार्वजनिककै क्रममा निम्बसले उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ ।