नेपाली चलचित्र ‘पासवर्ड’ मा पोर्नस्टार सन्नि लियोनीको आइटम डान्स हुने |

0
685

भाद्र ७ काठमाण्डौ | एबी इन्टरनेसनलले निर्माण गर्न लागेको सिनेमा ‘पासवर्ड’ मा पोर्नस्टार छवि बनाएकी बलिउड अभिनेत्री सन्नि लियोनीको आइटम डान्स हुने भएको छ।

निर्माण कम्पनीले औपचारिक प्रेस रिलिज गर्दै सिनेमाको एउटा आइटम गीतमा सन्नी लियोनीको डान्स रहने जानकारी दिएको हो।

सन्नीले फिल्मका मुख्य अभिनेता विक्की जोशीसँग स्क्रिन सेयर गर्नेछिन्। उनी यसका लागि केही सातामै लन्डन पुग्नेछिन्। फिल्ममा उनको स्पेसल अपिरिएन्स समेत हुनेछ । गीतलाई भारतबाटै आउने कोरियोग्राफरसहितको टीमले नृत्य निर्देशन गर्नेछ।

९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा देखाउने बताइएको छ।
फिल्म ‘ह्याप्पी डेज’मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही (नेगेटिभ रोलमा), रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत फिल्मका मुख्य कलाकार हुन्। विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन्।

सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । संगीत निर्देशन अर्जुन पोखरेलको हुनेछ। सिनेमालाई नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ।

यो फिल्म निर्माणमा करिव ३० करोड रुपैयाँ खर्च हुने निर्माण कम्पनीको आंकलन छ। सिनेमाको छायांकन आइतबारदेखि लन्डनमा हुँदैछ। छायांकनको लागि नेपालबाट २० जनाको टोली लन्डन पुगिसकेको छ।

लन्डन, बर्नमाउथ, ससेक्स लगायतका थलोमा फिल्म छायांकन गरिनेछ। आगामी जनवरी २०१९ मा फिल्मलाई नेपाल रिलिज गर्ने लक्ष्य राखिएको छ।

अमित बस्नेत र हिरल जोशी यो फिल्मका निर्माता हुन्। सौरभ लामाको छायांकन हुने फिल्मको स्क्रिप्ट सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन्। स्रोत nepalkhabr .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here