नेपाली चलचित्र लिलीबिलि चैत ३० मा आउने !

0
1815

माघ मंगलबार १६ काठमाण्डौ !
पछिल्लो समय नेपालि चलचित्रले बलिबुड सिनेमाहरुलाई विस्तापित गर्नेक्रम बढ्दो छ ! तर अझै पनि केहि निर्माताहरु बलिबुड चलचित्रसंग आफ्नो चलचित्र जुधाउन चाहाँदैनन् ! प्राय हरेक नयाँ बर्षमा नेपालि चलचित्र हरु धेरैनै प्रदर्शनमा आइरहेको हुन्छ ! २०७४ को नयाँ बर्षमा बलिबुडको प्रतिक्षित चलचित्र २.० आउने भएसंगै नेपालि चलचित्रको रिलिज डेट पछि सारिएको थियो ! यतिबेला २.० को रिलिज मिति पोस्टपोंड भएसंगै चलचित्र लिलिबिलीलाई फाइदा पुगेको छ ! नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको चलचित्र लिलिबिली सुरुमा चैत ३० मा आउने भनिएको थियो ! तर बलिबुडको चलचित्र सोहि मितिमा आउने भएसंगै यो चलचित्र बैशाख १४ मा पुगेको थियो !अब लिलिबिली चैत ३० गते बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ! सोमबार एक बिशेष कार्यक्रममा निर्माता गोबिन्द शाहीले चलचित्र चैत ३० मा नै रिलिज हुने बताएका छन् ! चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ! यस अघि मिलन निर्देशित चलचित्र (ह्याप्पी डेज) माघ १६ मा रिलिज हुने भनिएको थियो ! तर बलिबुड चलचित्र (पद्मावत) रिलिज हुने भनिएसंगै यो चलचित्रले आफ्नो प्रदर्शन पछि सारेको हो ! लिलिबिली चैत ३० मा आउने भएपनि ह्यापीडेजको प्रदर्शन मिति निर्माण पक्षले अझै टुंगो लगाउन सकेको छैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here