नेपाली फिल्म प्रेमलीला’को अनौठो प्रचार शैली: सिनेमा प्रेमलीलाले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्दै |

0
712

कार्तिक २६ काठमाण्डौ | माघ २५ लाई आफ्नो प्रदर्शन मिति तय गरेको सिनेमा प्रेमलीलाले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ।
यस प्रतिस्पर्धामा सहभागीहरुले आफ्नो कपाल मुण्डन गरी सहभागिता जनाउन सकिने बताइएको छ। जसमा विजेता महिलाहरुले ५० हजार २५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्न सकिने छ। यस प्रतियोगीतामा महिलाहरुले मात्रै सहभागिता जनाउन पाउनेछन्।

‘तक्लु ब्युटी कन्टेस्ट’को बारेमा बोल्दै सिनेमाकी निर्माता तथा नायिका दीपशिखा खड्का भन्छन्, ‘सुन्दरता आँखाको भ्रम हो। मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ।’ उनले महिलाका लागि कपाल एकदमै प्यारो चीज भएको बताइन्। ‘कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ’, उनले भनिन्, ‘हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ।

मैले पनि म तक्लु बन्दाको फरकपन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छुु।’ सिनेमाका कारण कपाल मुण्डन गरेकी नायिका तथा निर्मात्री खड्काले भनिन्, त्यो अनुभव सबैसंग साट्नका लागि ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजना गर्न लागेको हौँ।’ स्रोत नेपालखबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here