नेपाली फिल्म बेबी आई लभ यू’को पोष्टर सार्वजनिक ।

0
1169

चैत १८ काठमान्डौ । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को पोष्टर सार्वजनिक गरीएको छ ।राजधानीको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पोष्टर सार्वजनिक गरिएको हो ।
फिल्ममा लिची इन्टरटेन्मेन्ट ‘प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको फिल्ममा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन भने फिल्मको मुख्य भूमिकामा नायक सन्तोष खड्गी साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के. शर्मालगायत कलाकारहरुको अभिनय फिल्ममा देख्न पाइन्छ । फिल्ममा सुवास देवकोटाको सम्पादन, पहिलो ब्यानर डिजाइन कमल सापाकोटा, कोरियोग्राफ सरोज अधिकारी, साउण्ड मिक्सिङमा निरज केसी रहेका छन । फिल्म जेठ १८ गतेबाट नेपालभर एकसाथ प्रदर्शनमा आउने आयोजकले जनाएको छ ।
कार्यक्रममा फिल्म निर्माता संघका अध्यक्ष तथा वरिष्ठ निर्देशक तथा कलाकार आकाश अधिकारीले चलचित्रको सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा अभिनेता बिपिन कार्कीले पनि फिल्मको सफलताको शुभकामना दिए । यसअघि फिल्म ‘बेबी आई लभ यू’को गीत ‘कान्छी मायालु’ युट्युबमा आइसकेको छ । उक्त गीतको भिडियोलाई दर्शकले अत्याधिक रुचाएका छन् । ८१ लाख भ्यूज भएको छ ।फिल्मका निर्माता शिव न्यौपाने भन्छन्, ‘गीत जस्तै चलचित्र पनि दर्शकले रुचाउने कुरामा आफू आशावादी छु ।’नायक सन्तोष खड्गीका अनुसार यो फिल्म फरक धारमा आधारित रहेर माया प्रेमको कथालाई चित्रण गरिएको उनले बताए , ‘मायाप्रेम गर्दा सुरुमा आँखा जुधाएर वा अन्य तरिकाले गरिन्छ, तर यो फिल्ममा सुरुमा झगडा गरेर अन्तिममा मायामा परिणत हुन्छ भन्ने जानकारी समेत त्यहाँ उपस्थित मिडिया कर्मीलाई दिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here