नेपाली फिल्म सुपर गोर्खेको ट्रेलर सार्वजनिक भएको छ !

0
324

चैत २ काठमाण्डौ ! बैशाख ७ गतेदेखी प्रदर्शनमा आउन लागेको फिल्म ‘सुपर गोर्खे’को ट्रेलर सार्वजनिक भएको छ । नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको फिल्मको ट्रेलरमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् ।
अबिर हाउस प्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे मा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध रहेको छ । विवाह भएको धेरै समय पछि नायिका ऋचा शर्मा फिल्म निर्माणमा फर्किएकी हुन् । यस फिल्मलाई राज थापाले निर्देशन गरेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here