नेपाल आउंदै इरफान र दिपिका सुटिङको लागि !

0
1063

माघ १९ शुक्रबार काठमाण्डौ !
पछिल्लो समय बलिबुड कलाकार नेपालमा आउने क्रम जारि छ ! केहि साता अघि मात्र बलिबुड अभिनेता सलमान खान नेपाल आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो ! यतिबेला बलिबुड अभिनेता इरफान खान र दिपिका पादुकोण नेपाल आउने भएका छन् ! यी दुई एक महिना पछि छायांकन हुन लागेको चलचित्रको लागि नेपाल आउने भएका हुन् ! यस अघि एकसाथ पिकुमा काम गरेका इरफान र दीपिकाको यो दोस्रो चलचित्र हो ! चलचित्रलाई बिशाल भारद्वाजले निर्देशन गर्दैछन् ! यो चलचित्रको छायांकन मार्च ५ बाट नेपालबाट सुरु हुँदैछ ! भारतको एक लिडीङ मिडियासँग चलचित्रका निर्माताले कुरा गर्दै मार्च ५ बाट नेपालमा छायांकन हुने बताएका हुन् !चलचित्रलाई बिशाल भारद्वाज पिक्चर्स ,क्रियार्ज इन्टरटेनमेन्ट र टिसिरिजले मिलेर बनाउन लागेका हुन् ! अन्डरवर्ल्ड डन रहिमा खान उर्फ सपना दिदिको जीवनीमा बन्न लागेको चलचित्रमा दिपिका मुख्य भूमिकामा देखिने छिन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here