नेपाल र युएई भिड्दै : नेपाललाई जित्ने पर्ने दवाब !

0
742

माघ २८ आईतबार काठमाण्डौ !
आईसिसि विश्व क्रिकेट लिग डिभिजन टूको यात्रा गरिरहेको नेपालले आफ्नो तेस्रो खेल युएईविरुद्ध केहीबेरमा खेल्दैछ !अघिल्लो खेलमा कम्जोर मानिएको ओमानसंग व्योहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दवाब छ ! नामिबियामा जारी प्रतियोगितामा नेपालको ब्याटिङ चल्न सकिरहेको छैन ! तिब्र गतिको बालिङलाई सहयोग गर्ने पिचमा नेपालका प्रमुख ब्याट्स म्यान्सहरुले प्रत्येक रनका लागि कडा संघर्ष गर्नु परेको छ ! पहिलो खेलमा घरेलु टोलीले दिएको केवल १३९ रनको लक्ष्य भेट्न नेपाललाई आच्छु आच्छु परेको थियो ! दोस्रो खेलमा पनि नेपालको ब्याटिङ १३८ रनमै समेटियो जसलाई ओमानले मात्र ४ सिवाकेट गुमाएर भेटायो ! युएई विरुद्धको निर्णायक खेलमा नेपालका प्रमुख ब्याट्सम्यानहरु दवाबमा हुनेछन !,पारस खड्का ,ज्ञानेन्द्र शाह ,शरद भेषवाकर ,र दिपेन्द्र एरि मध्ये कम्तिमा दुई जना चल्नुपर्छ ! यसैगरी युवा खेलाडी हरु ,दिलिपनाथ ,आरिफ शेख ,र रोहित कुमार पौडेल सामु पनि आफुलाई प्रमाणित गर्ने चुनौती छ ! स्मरणीय के छ भने , युएई पनि नेपालसंगै डिभिजन १ बाट रेलिगेसनमा परेको टिम हो ! विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले अन्तिम श्रीन्खलाका दुबई म्याच नेपालले गुमाएको थियो ! त्यसैले नेपाल विरुद्ध युएईको मनोबल उच्च छ ! आजको खेरल हारेमा नेपाल फाइनलमा पुग्ने र विश्व कप छनोट खेल्ने सम्भावना लगभग टर्ने छ ! अर्को तर्फ रेलिगेसनमा परेर डिभिजन ३ मा झर्न सक्ने खतरा पनि मडराउनेरछ ! त्यसैले (गर् या मर)को स्थिति छ नेपाललाई !
नामिबियाको पिच फास्ट बलरका लागिपनि सहयोगीनै देखिएको छ ! तर , अरु टिम फास्ट बलरहरु जस्तो नेपालि बलरहरुले पिचको फाइदा उठाउन सकेको छैनन् ! सोम्पाल कामीले केहि प्रभाव पारेपनि अर्का बलर करण केसी दुवै म्याचमा फ्लप देखिए !
युएइ पहिलो खेलमा केन्यालाई २१८ रनको बिशाल अन्तरले हराएको थियो तर दोस्रो खेलमा भने क्यानाडा संग २३ रनले पराजित भएको थियो ! तर अंक तालिकामा नेपाल र युएई लगभग उस्तै अवस्थामा छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here