नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

0
179

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । आइतबार बेलुकी शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसहितको पत्र बुझेका छन् ।

कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि शाक्यलाई ल्याउने तयारी छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याइएको थियो ।

चार वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले आजैदेखि सम्हाल्ने मन्त्रालय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here