नेपाल १३८रनमै आउट डिभिजन टू !

0
893

माघ २६ शुक्रबार काठमाण्डौ !
विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमान सामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ! ओमानले केहि बेरमा जवाफी ब्याटिङ गर्ने छ ! विण्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङको समस्या कायमै रह्यो ! नेपालको स्कोर १० रङ हुँदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए !दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि १८ रनको साझेदारी गरे ! दिलिप नाथ १९ रनमा आउट भए ! नेपालले थप १५ रन जोड्दा अर्का विकेट गुमायो !आरिफ शेख मात्र ६ रनमा पभेलियाँ फर्किए ! नेपालको स्कोरमा थप ३ रन थपिँदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट हुन पुगे ! शरद भेषावकर र दिपेन्द्र शिंह एरिले पाँचौ विकेटका लागि ३६ रन्को साझेदारी गरे ! एरि २० रनमा आउट भए बिहिबार नामिबियाविरुद्ध नेपाललाई रोमाञ्चक जित दिउलायेका बसन्त रेग्मी मात्र १ रनमा पभेलियाँ फर्किए ! त्यसपछि लगातार विकेट गुमाएको नेपालले ! ४५.३ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो शरभ भेषावकरले २२ रन बनाए भने सोम्पाल कामीले १७ र रोहित कुमार पौडेलले १४ रन जोडे !कराधा केसीले ४ रनमा आउट भए !नेपालललाई सस्तैमा आउट गर्ने क्रममा खलिमौल्लाह एक्लैले ४ विकेट लिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here