ने बि संघ रुपेन्देहीको सभापतीमा संस्कृत बिश्व बिद्यालयको बलियो दावा |

0
917

पुष २२ काठमाण्डौ | वर्तमान समयमा नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघले महाधिवेशन
तयारी स्वरुप रिक्त रहेका हरेक क्याम्पस जिल्लाहरुमा अधिबेशन गराउदै छ। बिगत १२ बर्ष देखि रूपन्देहि तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री सरस्वती संस्कृत बिद्या पिठ क्याम्पसमा २ पटक को स्वबियु चुनाबका खण्ड मा विविध समस्याको वाबजुत पनि २०६५ मा सचिब २०७३ मा सभापती पद को उमेदवार बन्दै अत्याधिक बहुमत का साथ प्यानल नै बिजयी गराई रुपेन्देहीकमा नेबि संघ को साख बचाउन अग्रणी भुमिका निर्वाह गरेको । अन्य क्याम्पसहरुमा विविध समस्याहरु दर्शाउदै स्वबियु चुनाब रद्ध भईरहेकै समयमा सहज रुपमा स्वबियु निर्वाचन सम्पन्न गराउने कामको नेतृत्व गर्न सफल ।

सङगठनका लागि दिनरात नभनी लागीपर्ने यस क्षेत्रकोकुशल नेतृत्व एवं यूवा नेता विष्णु पौडेल (स्व बि यु सभापति) लाई रूपन्दहि जिल्लाको ने वि संघ सभापति को नेतृत्व दिन पर्नेभन्दै विद्यापीठ सभापति केशवराज पौड्यालले अन लाईन न्युज सितको छोटो कुराकानिमा बताउनु भयो साथै सभापति पौडेलले( स्व बि यु सभापति )विष्णु पोडेललाई जिल्लाको नेतृत्वको लागि अगाडि बढाउन नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति जिल्लाका नेतृत्व वर्ग एवं सम्पुर्ण क्याम्पसका ईकाइ सभापति ने वि संघ प्रति आश्था र ममता राख्ने सम्पूर्णमा आग्रह समेत गर्नूभयो।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here