न्यायालयलाइ हस्तक्षेपको आरोप : प्रधानमंत्री केपी ओली !

0
455

फागुन २० काठमाण्डौ ! प्रधानमंत्री केपी शर्मा ओलीले सरकारको कार्य र अधिकारमा न्यायालयले हस्तक्षेप गरेको भन्दै कडा आरोप लगाएका छन् ! एमाले माओबादि साम्सदहरुको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमंत्री ओलीले राष्ट्रिय सभा सदस्यको मनोयनमा सर्बोच्च अदालतले प्रवेश गर्नु गलत भएको बताएका छन् ! उनले सरकारले सिफारिस गर्यो राष्ट्रपतिले संबिधान सम्बत ढंगले मनोनित गर्नु भयो हाल लाइ रोक्नु भन्ने आयो!यो अदालतले निर्णय गर्नु पर्ने कुनै बिषय होइन!सरकारले निर्णय गर्छ ,स्थगित गर्छ ,सच्च्याउँछ ,भई रहेका राजदुतलाई फिर्ता बोलाउँछ,आजको(अनलाइन खबरमा)खबर छ!यो सरकारका आफ्ना अधिकारका कुरा हुन्!ओली सरकारले देउवा सरकारको सिफारिस रद्द गर्दै डाक्टर युवराज खतिवडा सहित तिन जनालाई सिफारिस गरेको थियो जसलाई राष्ट्रपतिले मनोनित गरिन!तर देउवा सरकारले सिफारिस गरेका हरुले दायर गरेको रिटमा सर्बोच्च अन्तरिम आदेश दिएर सपथ रोकेको छ !यस बारे भोलि दुवै पक्षलाइ बोलाइएको छ !जनतले सरकारमा पठायेकलाई अदालतको प्रयोग गरेर हटाइयो तितो अनुभव रहेको उनले सुनाए !ताना शाहले मात्र राज्यका अंगहरुलाई आफ्नो औजारका रुपमा प्रयोग गर्ने भन्दै एमाले अध्यक्ष समेत रहेका उनले भने ,लोकतन्त्रमा राज्यको कुनै अंग सत्ता शक्ति ,वा राजनीतिक पक्षधरता औजार बन्नु हुँदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here