पढाउँदै गर्दा शिक्षकमा कोरोना संक्रमण….

0
219

गत मंगलबार नेपाल आदर्श माध्यामिक विद्यालय शिवपुरका शिक्षिका कुलाकुमारी जिसी कक्षा ४ का ५ जना विद्यार्थीलाई नेपाली विषय पढाउँदै थिइन्। नगरपालिकाले वैकल्पिक शिक्षा प्रदान गर्ने निर्देशनअनुसार दैनिक ३ घण्टा विद्यालय सञ्चालन भइरहेको थियो। 

दैनिक एक तहका बालबालिकालाई अलग अलग कोठामा राखी शिक्षण गरिन्थ्यो। उनले पढाउँदै गर्दा शिक्षकमा कोरोना संक्रमण भएको हल्लाखल्ला सुरु भयो। कक्षा तुरुन्त बन्द गर्न लगाई उनलाई घर पठाइयो। 

घरमा पुगेपछि मात्र जिसीले आफूलाई कोरोना संक्रमण भएको थाहा पाइन्। उनका पतिले संक्रमण भएको जानकारी दिएपछि एकछिन त उनी स्तब्ध भइन्। त्यसपछि अलग कोठामा बसिन्। 

शिवराज नगरपालिकामा वैकल्पिक शिक्षाका काममा खटिएका शिक्षकमा कोरोना देखिएपछि कपिलवस्तुमा समुदाय र विद्यालयमा सञ्चालन भएको पढाइ अचानक बन्द गरियो। नेपाल आदर्श माविका ४ शिक्षकमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ। 

कक्षा सञ्चालनका लागि समुदाय र विद्यालयमा आएका शिक्षक नै संक्रमित भएपछि कपिलवस्तुका विद्यालय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढेको छ। जिल्लाको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना देखिएको छ। शिवराजका ४ शिक्षक, कपिलवस्तका १ शिक्षक र विजयनगर गाँउपालिकामा अध्यापन गराउने कृष्णनगर नगरपालिकाका १ जना शिक्षकमा कोरोना देखिएको छ। 

कृष्णनगर नगरपालिकाका ४ विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। शिवराजमा शिक्षकमा मात्र कोरोना परीक्षण गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here