पत्रकार मोडल रमेश तिवारी र मोडल बेबो आचार्य अभिनित ‘अटो रिक्सामा’ म्युजिक भिडियो चर्चामा

0
83


झापाका पत्रकार तथा मोडल रमेश तिवारीद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिर्तामोडमा सोमबार एक कार्यक्रमका बिच हलेसी टेड्र लिंकका प्रबन्धक चुडामणी पौडेलको ‘अटो रिक्सामा’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गायक सन्तोष शिवाको स्वरमा रहेको म्युजिक भिडियोमा टिका भण्डारीको संगित रहेको छ ।

निर्माता चुडामणी पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका हुन् । म्युजिक भिडियोमा पत्रकार तिवारी र बन्दना आचार्यको अभिनय देख्न सकिन्छ ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका तिवारीले अन्य कलाकारसँग भन्दा बन्दनासँग सहकार्य गर्न धेरै सहज भएको बताए । भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको छ ।

अग्रज पत्रकार चन्द्र भण्डारीले म्युजिक भिडियो पर्दामा प्रकाशन गरेर ‘अटो रिक्सामा’ म्युजिक भिडियो औपचारीक रुपमा सार्वजनिक गरेका हुन् । निर्माता चुडामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अग्रज पत्रकार भण्डारी रहेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र उपाध्यक्ष राजु न्यौपाने, गायक सन्तोष शिवाले आ–आफ्ना भनाई राखेका थिए ।

म्यूजिक भिडियो विमोचन कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए । भिडियोमा मोडल तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ । विदेशिएर दुःख गर्नुभन्दा नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश म्युजिक भिडियोमार्फत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here