पशुपतिनाथका बाँदरले म्याग्दीका कृषक हैरान !!

0
1268

पुष १ आईतबार काठमाण्डौ !!
नेपालको पशुपतिनाथका नामले चिरपरिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिम तर्फ़ रहेको सल्लेरीको जंगलमा काठमाण्डौको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिग बिगी बढेपछि कृषकलाई समस्या भएको हो ! बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा बिगत केहि बर्ष यता अप्रत्याशितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानिय कृषकले लगाएको अन्नबाली सखाप पार्नुको साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुख; दिने गरेको छ ! पांच बर्ष अघिसम्म नगन्य मात्रामा देखिने बाँदर त्यसपछिका बर्षमा हूलका हुल ,देखिन थालेपछि, स्थानिय बासिन्दा आतंकित बनेका छन् ! बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गर्नुका साथै घर भित्र नै पसेर क्षति पुर्याउन थालेपछि कृषक समस्यामा परेको प्रकाश शर्माले बताउनु भयो !
शर्माले दिएको जानकारी अनुशार केहि बर्ष अघि काठमाण्डौको पशुपति क्षेत्रमा रहेका बाँदरमा प्राणघातक रोग देखा परेपछि ति बाँदरलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो ! बाँदरका कारण सल्लेरी तथा त्यस क्षेत्र वरपर बसोबास गर्ने कृषकले लगाएको नगदेबाली ,बेमौसमी बालिलागायत फलफुल खेतीमा ठुलो क्षति पुगेको स्थानिय रामदास बैरागीले जानकारी दिनुभयो !

रान !!पुष १ आईतबार काठमाण्डौ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here