पशुपति आर्यघाटमा एका तिर रुवाबाश,अर्को तिर यौन कर्मीका हर्कत: भिडियो हेर्नुस |

0
677

साउन २८ काठमाण्डौ | चितामा शव जलिरहेको छ । नजिकै दुई जोडी गाँजा तान्दै अंकमाल गरेर मदमत्त यौन उन्माद पोखिरहेछन् । शवको छेउमा परिवारजन र आफन्तको रूवावास चलिरहेछ । उता मदिरामा लठ्ठिएका युवायुवती मैमत्त अट्टाहस र आपत्तिजनक कृयाकलापमा मग्न छन् । अलिकति टाढा अर्को उस्तै अनपेक्षित दृश्य चलिरहेको छ- यौनकर्मीहरू घाटमा आएका मलामी र वटुवासँग मोलतोल गर्दै ग्राहक बनिदिन आग्रह गरिरहेका छन् ।

देशको प्रमुख धार्मीक गन्तव्य पशुपति क्षेत्रमा मध्यरात एकजना पनि प्रहरी देखिएनन् । शुपति क्षेत्रको सुरक्षा ‘भगवानभरोसामा’ चलेको छ । खुलेआम देखिने छाडा प्रवृत्तिले मलामी पुग्नेदेखि साँझको समय पशुपतिमा टहलिन पुग्नेहरूलाई कति असहज हुन्छ, यो दृश्य हेरेपछि अनुमान लगाउन सकिन्छ । यति संवेदनशील क्षेत्र प्रहरी प्रशासनको चासो र निगरानीमा नरहेको देख्दा अचम्म मात्रै लाग्दैन, त्यो भन्दा बढी पशुपति क्षेत्र असुरक्षित बन्दै गएको महसुस हुन्छ ।

पशुपति आर्यघाटमा मध्यरातका यी दृश्य कल्पना गरिएभन्दा बेग्लै र अनौठा छन् ।यति महत्वको पवित्र मन्दिर त्यसमाथि रातभर शव दाहका लागि मानिसहरुको चहलपहल हुने ठाउँमा रातको समय एकजना पनि सुरक्षाकर्मी देखिएनन् ।सुरक्षाकर्मीको अनुपस्थितिमा कुलतमा फसेका युवायुवतीका यौनजन्य र अन्य अस्वाभाविक हर्कतले जो कोही चकित पर्छन् ।

मृतकका परिवार र आफन्तको रुवावासी चलिरहेको छेउमा गाँजा, चुरोट र मदिरा सेवन गरेर होहल्ला गर्नेदेखि खुलेआम यौनजन्य हर्कत गर्नेहरुले पवित्र पशुपति क्षेत्रलाई दूषित बनाएका महसुस हुन्छ । मलामीहरुलाई यौनकर्मीहरु खुलेआम ग्राहक बनिदिन अफर गरिरहेका पनि देखियो ।

मध्यरातमा सामान्यतया यहाँ अरु कोही आउँदैन, दाहसंस्कारकै लागि आउनेहरू हुन्छन्। जल्दै गरेका चिता र शोकको महोलमा त्यो मध्यरात यौनकर्मीहरुले आर्यघाटलाई किन गन्तव्य बनाउँछन् अचम्मको विषय छ ।

पवित्र तीर्थ स्थल त्यसमाथी शोकमग्न माहोलकै छेउमा दैनिक देखिने यी दृश्यले प्रहरी प्रशासनको लाज उडाएको महसुस हुन्छ । एकातिर रुवावास, अर्कोतिर यौनजन्य हर्कत र मदमत्त अट्टाहस । छ्या.., कस्तो अमानवीय र हेर्दै लाज लाग्ने दृश्य देख्नु पर्यो । ओएस नेपाल | यो हेर्नुस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here