पहिरोका कारण नारायणगढ – मुग्लिन सडक खण्ड एक तर्फी मात्र संचालनमा |

0
86

पहिरोका कारण नारायणगढ – मुग्लिन सडक एक तर्फी मात्र संचालनमा आएको छ ।
आज विहान ९ : ४५ बजे १५ किलोमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र संचालनमा आएको हो ।
अहिले पहिरो हटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरिक्षक) दान बहादुर मल्लले राससलाई जानकारी दिनुभयो । पहिरो हटाउन आधा घण्टा बढी समय लाग्ने उपरिक्षक मल्लले बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here