पहिलो पटक चुनाब लडे जस्तो लाग्यो : प्रचण्ड !!

0
1231

२८ मङ्सिर बिहिबार काठमाण्डौ !!
माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक निर्वाचन लडेजस्तो अनुभूति भएको बताएका छन् ! उनले नया सरकार संबिधानको भावना अनुरुप अघि बढ्ने समेत प्रष्ट पारे !
कांग्रेस सहित केहि शक्तिले बामपन्थीले जिते, मुलुकमा अधिनायक बाद ल्याउने र निरंकुशता जन्मिने बताईरहेका बेला प्रचण्डले सबै मिलेर जारि भएको लोकतान्त्रिक संबिधान अनुसार नै नया सरकार अघि बढ्ने बताए !
पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वाचित जनप्रतिनिधि हरुकालागि आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचन्डले बाम्पन्थिहरुनै बढी लोकतान्त्रिक भएको पुष्ट्याई बिगतका घटना क्रमले गरेको प्रष्ट पारे !
राजनीतिक स्थायित्व र देश बिकाशका लागि बामपन्थी शक्तिहरुले ल्याएको एजेन्डाहरुलाई नेपालि जनता हरुले अनुमोदन गरेको उनको दाबि छ ! जनताले स्थिरता ,सुशान र भ्रष्टाचारमुक्त, शासन व्यबस्थाको अपेक्षा गरेका छन्, प्रचन्डले भने !,हाम्रा यिनै एजेन्डालाई जनताले उत्शाहजनक ढंगले रेस्पोन्स गर्नु भएको छ ! जनअपेक्षा अनुशार आफुलाई खरो उतार्ने पनि प्रतिबद्धता जाहेर गरे ! बाम गठबन्धनको उत्शाह जनक जीत्लाई विश्व समुदायेले ध्यानपुर्बक हेरेको भन्दै अध्यक्ष प्रचन्डले बामपन्थीले जित्दा अधिनायकबाद आउँछ भनेर गरिएको प्रचारलाई अन्तरराष्ट्रिय समुदायले पनि नपत्याउने बताए ! माओबादि अध्यक्ष प्रचन्डले जीवनमा पहिलो पटक निर्वाचन लडेजस्तो अनुभूति भएको समेत बताए ! पहिलोपटक रोल्पामा चुनाब लड्दा एक पटक मात्रै गए ,काठमाण्डौमा पनि खासै चुनाबमा हिंडिन , सिरहाको चुनाब प्रचार प्रसारमा पनि खासै जुटिन ! तर यसपटक भने चुनाबमा हुने सबैखाले तिता मिठा अनुभव गर्न पाए ,जनता संग नजिक बाट जनभावाना बुझे जस्तो भयो ! एता एमाले स्थायी कमिटि सदस्य एबम चितवन १ का नवनिर्वाचि साम्सद सुरेन्द्र पाण्डेले देशका बिकाशका लागि संकल्प सहितको सरकार र परिश्रमी जनता भए एक दसकमा देश बदलिने बताए ! चुनाब लडेर जितेका नेता धरै आए, धेरै गए, तर जनताको इक्षा अनुसार काम गर्न सक्ने लगनशील सरकार र परिश्रमी जनता भए देशले काँचुली फेर्न बेर नलाग्ने पाण्डेले बाताये !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here