पाकिस्तानी कलाकारलाई बलिबुडमा प्रतिबन्ध: गायक बाबुल सुप्रिया !

0
687

फाल्गुन ७ सोमबार काठमाण्डौ !
भारतका केन्द्रियमंत्री समेत रहेका गायक बाबुल सुप्रियाले पाकिस्तानी गायक होस् या कुनै पनि कलाकार किन नहोस उसलाई बलिबुडमा प्रतिबन्ध लगाइनु पर्ने माग गरेका छन् ! पाकिस्तानी नागरिकता हुनुनै ठिक नभएको भन्दै अर्का पाकिस्तानी गायक राहत फत्ते अलि खानका गीतहरु पनि ब्याण्ड गरिनु पर्ने माग गरेका छन् ! वेलकम टु न्युयोर्क फिल्मका निर्मातालाई सो फिल्ममा राहतको आवाज नराख्न भन्दै आदेश दिएपछि विभिन्न भारतीय संचार माध्यमले समाचार छापेको छ ! बाबुलले भनेका छन् भारत र पाकिस्तानबीच तनाव भैरहंदा बलिबुडले सीमापारिका ट्यालेन्ट खोज्नु ठिक नहुने अभिव्यक्ति दिएका छन् ! बाबुलले आतिफ असलम र राहतसंग कुनै आपत्ति नभएपनि तिनीहरुको नागरिकतासंग आपत्ति भएको बताए ! बलिबुडले विश्वमा भारतको प्रतिनिधित्व गर्दछ ! यस्त्यै राजनीतिक गतिविधिले पाकिस्तानी कलाकारले बेलाबेलामा यस्ता घटनाको सामना गर्नुपरेको छ ! बलिबुडमा आएर नाम दाम कमाउनेमा नुसरत फत्तेह अलि खान ,मेहन्दी हसन ,गुलाम अलि ,अद्नान साममी अबिदा परबिना ,ईत्यादि अरु पनि रहेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here