पार्श्व गायक दौलत राई र गायिका मेलिना’को (के साह्रो मिठो कुवाको पानी) गीतको भिडियो चर्चामा

0
250

नेपाली चलचित्र पार्श्व गायनमा चर्चा कामाएका गायक दौलत राईले भर्खर नेपाली गीत संगीत प्रेमीहरुका माझ रोमान्टिक युगल गीत (के साह्रो मिठो कुवाको पानी) बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । १५ वर्ष भन्दा बढी नेपाली गीत संगीत क्षेत्रमा अनवरत रुपमा खटिएका गायक दौलत राईले नेपाली लोक आधुनिक तथा केहि नेपाली चलचित्रमा पनि आफ्नो आवाज भरी सकेका छन् ।

गायक दौलत राई /मोडल अलिशा राई

नेपाली चलचित्र गुनगुन’को चम्कियो तारा ,लक्ष्मी रानी’को दिलमै राखौंला ,जस्ता गीतहरुमा पार्श्व गायन गरी सकेका गायकले भर्खर चर्चित गायिका मेलिना राई संग गाएर (के साह्रो मिठो कुवाको पानी) गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गायक दौलत राईले २००२ बाट नेपाली गीत संगीत क्षेत्रमा पाईला बढाएका हुन भने, उनले काठमाण्डौ’को पुतलीसडक’मा रहेको सधान कला केन्द्र’मा बरिष्ठ संगीतकार प्रकास गुरुङ’संग संगीत सिकेका हुन् ।

उनले नेपाली संगीत क्षेत्रमा फिल्मका गीत कलेक्सन एल्बमका गीत र आफ्नै लगानीमा बनेका गीतहरु गर्दा अहिले सम्म १०० भन्दा बढी लोक आधुनिक गीतहरु सार्वजनिक गरिसकेका छन् ।

उनले २००८ मा पहिलो सांगीतिक एल्बम जुनेली सार्वजनिक गरे भने, दोस्रो एल्बम लभ यु अल २०१० सार्वजनिक गरे उक्त एल्बमको पनि चर्चा परिचर्चा राम्रो भयो भन्छन गायक राइ ।
उनका चर्चा परिचर्चामा रहेका केहि गीतहरु भने यस प्रकार छन् ।
(1) हरपल आउँछ याद तिम्रो
(2) सिकारी झैं फन फन गर्छौ
(3)किन रोप्नु परो छुरा (गजल)
(4) फुलको सुवाश तिमि हौ

आधुनिक लोक पप गजलका साथ साथै उनको अहिले प्लेब्याक गायकीमा पनि उनको चर्चा परीचर्चा भैरहेको छ । गायक राई भन्छन् अहिले सार्वजनिक भएको गीत (के साह्रो मिठो कुवाको पानी) नेपाली सिम्पल टिपिकल शब्दहरुलाई संगीत बद्ध गरी उक्त गीतको भिडियो बजारमा आएको हो गीतले बोलेको शब्दलाइ भिडियोमा उत्तिकै मजेदार तरीकाबाट प्रस्तुत गरिएकोछ ।

सार्वजनिक भएको गीतमा शब्द ,संगीत, तथा संगीत संयोजन बाबुल गीरी’को रहेको छ भने, गायकीमा गायक दौलत राईलाई गायिका मेलिना राईले साथ दिएकि छन् ।

गायक दौलत राई

गीतको भिडियोमा निर्देशन राजिव समर, छायांकन बुद्ध थापा,भिडियो सम्पादन सुप्रिम पराजुली’ ड्रोनमा सुरेश काफ्ले रहेका छन् । गीतको भिडियोमा सागर लम्साल र अलिशा राईको दमदार अभिनय देख्न पाईञ्छ । गीतको भिडियोलाई OSR Digital को युट्युब च्यानलमा हेर्न सकिन्छ।News chiranjivi bhandari 9847425260|

मनोरंजनको लागी यो भिडियो पनि हेर्नुहोला। …


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here