पिंजडा ब्याक अगेनको कमाई कति ?

0
1618

माघ ८ सोमबार काठमाण्डौ !
शुक्रबार बाट उपत्यकामा प्रदर्शन भएको चलचित्र पिंजडा ब्याक अगेनले पहिलो दुई दिनको कमाइ सार्वजनिक गरेको छ ! निर्माण पक्षले दाबि गरेको अनुसार चलचित्रले पहिलो दुई दिनमा ६६ लाखको कमाइ गरेको छ ! चलचित्रले शुक्रबार राजधानीमा १२ लाख र शनिबार २६ लाखको बिजनेस गरेको वितरक गोपाल कायस्थले जानकारी दिए ! मल्टिप्लेक्समा शो नपाएको चलचित्रले राजधानीको सिंगल थिएटरमा हाउस फुल दर्शक पाएको छ ! दर्शक प्रतिक्रिया लिन हलमा पुग्दा अभिनेता निखिल उप्रेती र अभिनेत्री शारा शिर्पाली दर्शक बाट घेरिएका थिए ! यस्तै मोफसलबाट दुई दिनमा २८ लाखको बिजनेस गरेको बताईएको छ ! एक्सनका साथै पारिवारिक कथामा निर्माण गरिएको चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन ! श्रीराम बरालको प्रस्तुतिमा तयार भएको चलचित्र गोबिन्द गैरे र रोहित पुरी निर्माता रहेका छन् ! शौरभ लामाको छायांकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा निखिल र सहारा संगै सुस्मिता केसी, ,ज्याक श्रेष्ठ ,भोलाराज सापकोटा, प्रदिप दाहाल ,कुशाग्र भटराई ,पुकार भट्टराई , सुन्दर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here