पिंजडा ब्याक अगेनको लिरिकल भिडियो सार्बजनिक !

0
1194

पुष ११ मंगलबार काठमान्डौ !
अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ( पिंजडा ब्याक अगेन ) को नयाँ लिरिकल भिडियो सार्बजनिक भएको छ ! भिडियो सार्बजनिक गर्दा चलचित्रको कथा बस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल भिडियो बाहिर ल्याएको छ ! बल्यो धप धप यो जवानी, बोलको गीतमा शशि रावलको स्वर छ भने, बसन्त सापकोटाको संगीत रहेको छ ! डा. कृष्णहरी बरालको शब्द र हिमाल केसी र श्री राम बरालको निर्देशन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका छन् ! चलचित्रमा निखिल उप्रेती ,सारा शिर्पाली , ज्याक श्रेष्ट , बिना थापा , शुस्मिता केसी , पुकार भट्टराई , कुशाग्र भट्टराई , भोलाराज सापकोटा , लगायत कलाकारको अभिनय रहेको छ ! माघ ४ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा रोहित पुरी गोबिन्द गैरे , चन्द्र बहादुर क्षेत्रि , निर्माता हुन् भने रमेश सुबेदी र बाबुराजा सिंह सह निर्माताका रुपमा रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here