पिडित रबिना बादीको आफ्नै जिबनमा आधारित (चोट खाएँ ठक्कर खाएँ) मार्मिक गीत सार्वजनीक : भिडियो |

0
617

भाद्र ६ काठमाण्डौ | पिडित रबिना बादी एक पति पिडित, परिवार पिडित, महिला हुन् | उनि अहिले सामाखुशी अवस्थित मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेकी महिला हुन | उनका पतिले उनलाई नेपालगंजको बसपार्कमा लावारिस अवस्थामा ८ महिनाका एक छोरा छोडेर कहाँ गए थाहा पत्तो छैन |

त्यो सानो बच्चाको मुटुमा प्वाल छ | त्यस्तो अवस्थामा रबिना बादीले फेसबुक मार्फत Llive गरिन त्यो देखेर उनका घरका सासु ससुराले धम्कि गालि गलौच गरे | त्यो फेसबुकको भिडियो सामाजिक संजालमा भाईरल भएपछि उनलाई रबि लामिछानेको टिमले सामाखुशी ल्यायो र उनि अहिले सामाखुशीको मानव सेवा आश्रममा छिन् | उनको बच्चाको उपचारको लागि पनि सहयोग जुटी रहेको छ |

यसै क्रममा रबिना बादीले केशब बिस्वकर्मा’को शब्द, चर्चित गायक संगीतकार पुस्कर सुनुवारको संगीत एरेन्ज’मा (चोट खाएँ ठक्कर खाएँ) बोलको मार्मिक गीत गाएकी छिन् | उक्त गीतको भिडियोलाई नबिन सुनुवार”ले सम्पादन गरेका छन् | गीतको भिडियोलाई मेलोडी नेपालले पोष्ट प्रोडक्सन गरेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here