पिस्तोल सहित गीतकार भोटिया पक्राउ

0
3573

आज दिउसो भर्खरैको खबर अनुसार बसुन्धरा देखि मोटरसाइकलमा आउने क्रममा चक्रपथमा भोटिया पक्राउ परेको छ। प्रहरी निरीक्षक चण्डी बास्तोलाका अनुसार उनले बोकेको ब्याक संकास्पद लागेकोले उक्त ब्याग खानतलासी गर्दा ८ राउण्ड गोलि र एक थान पिस्तोल भेटिएको छ। उक्त ब्यागबाट नक्कली कपाल, नक्कली दाह्री, पेन ड्राइभ, क्यामेरा, मेमोरी कार्ड, हार्ड डिस्क सहित भेटिएको छ। अनुसन्धान गर्दै जादा उक्त सामानहरु उनले हाल आउदै गरेको चलचित्र रेनिको शुटिंग को लागि प्रयोग गर्दै आइरहेको जानकारी दिए, उनले चलचित्र विकास बोर्ड को स्वीकृति लाइसेन्स देखाउदै गिरिस रिजाल को निर्देशनमा बन्दै गरेको उक्त चलचित्रमा सरोज खनाल, दिपक ढकाल, सनम मल्ल, सुरबीर पण्डित आदि कलाकारको अभिनय रहेको छ भने पुस्कर सुनुवार र बिनोद खम्बुको संगीत रहेको चलचित्रमा आवाज भने मेलिना राइ, बबिना किराती, थुप्देन भोटिया र पुस्कर सुनुवार को रहेको बताउदै उक्त पिस्तोल सक्कली नभई शुटिंग को लागि प्रयोग गरिने नक्कली पिस्तोल भएकोले प्रहरी ले तुरुन्तै रिहा गरे। अन्तमा यो खबरका साथ ह्याप्पी मुर्ख दिवस भन्न चाहन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here