पुर्व प्रधानमंत्री शेरबहादुर देउवाले: झुट बोलेको आरोप ।

0
597

चैत १८ काठमाण्डौ ।शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ ।
गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नगरिएको नयाँ पत्रिका दैनिकमा खबर छ । नयाँ पत्रिकाका अनुसार, मुख्यसचिव लोकदर्शन रेग्मीले घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका छन् । रेग्मीले नयाँ पत्रिकासँग भनेका छन्, ‘भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमै हुन्छ, त्यहीँ हेर्नुस् ।
१० माघको मन्त्रीपरिषद् बैठकपछि तत्कालीन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरिएको बताएका थिए ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पनि भूकम्पपीडितलाई अनुदान रकम थप गर्ने विषयमा मन्त्रीपरिषद्ले निर्णय गरेको विषयमा आफूलाई जानकारी नभएको प्रष्टीकरण दिएका छन् ।
देउवा सरकारले गरेको ६५ वर्ष पुगेको जेष्ठ नागरिकले वृद्धभत्ता पाउने निाणर््य पनि कार्यान्वयन नहुने भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार तत्कालीन सरकारले कार्यविधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि निर्णय अलपत्र परेको हो
राज्य कोषको आर्थिक भारलाई कम गर्न र कार्यसम्पादन चुस्त बनाउन थोरै संख्यामा संसदीय समिति बनाउनुपर्ने चौतर्फी सुझावलाई लत्याउँदै प्रतिनिधिसभाले १० समिति गठन गरिने भएको छ ।
कान्तिपुरका अनुसार मन्त्री नपाएका नेताहरुलाई चित्त बुझाउन संख्या बढाइएको हो ।
नियमावली मस्यौदा समितिको आइतबार बसेको बैठकले सुझावविपरीत १० समिति बनाउने सहमति गरेको हो । अब राष्ट्रियसभाका ४ वटासमेत गरी अब १४ समिति हुने भएका छन् । धेरै धेरै समिति बनाउँदा काम प्रभावकारी हुनेभन्दा पनि राज्यको ढुकुटीमा ठूलो भार बढ्ने संसदीय मामिलाका जानकारहरु बताउँछन् ।
एमालेले बुझाएन निर्वाचन खर्च।सत्तारुढ दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन ।(स्रोत अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here