पुर्व युवराज पारस शाह र युट्युबर सोनिका रोकाया’को सम्बन्ध के ? (भिडियो सहित)

0
69

काठमाडौं। प्राय जसो विवादमा आइरहने पुर्व युवराज पारस शाह फेरी चर्चित भएका छन् । उनी फेरी एक युवतीसंगको सम्बन्धका कारण चर्चामा आएका हुन् । केही समय यता नेपालमै रहेका पूर्वयुवराज पारस अहिले सामाजिक सञ्जाल सञ्चालक सोनिका रोकायसंगको सम्बन्धका कारण चर्चामा छन् । उनको चर्चा सामाजिक संजालमा एकाएक चुलिएको छ । त्यसको कारण हो उनको सम्बन्ध एक युट्युबरसंगको भिडियो । हो सामाजिक संजालमा अहिले पुर्व युवराज पारस र युट्युबर सोनीका रोकायाको एक भिडियो भाइरल भइरहेको छ ।

टिकटकमा भेटिएको सो भिडियोमा उनीहरुबीचको सम्बन्ध प्रष्ट देखिन्छ । भिडियो छोटो र अपुरो भएपनि पारसले आफ्नो विलासी मोटरसाइकल हार्ली डेभिडसनमा सोनीकालाई राखेर हुइकिएका छन् । सुमन नाम गरेको टिकटक आइडीमा अपलोड भएको करिब ३३ सेकेन्डको उक्त भिडियोमा पारसले केहि युवाहरुसंग असन्तुष्टि जनाउदै गरेको देखिन्छ । उनले भनिरहेका छन – ‘यो वादी उ वादी भनेर छुट्याउने हैन हामी सबै नेपाली हो’ । छोटो कुराकानी कै क्रममा सोनीका रोकाया परबाट फटाफट आएर पारसको बाइक पछाडी बस्छिन । सोनीका बसेपछि पारसले तत्काल बाइक स्टार्ट गरेर हुइकिन्छन ।

भिडियो निक्कै छोटो भएको हुनाले खास केहि कुरा स्पष्ट नभएपनि पारस र सोनिकाको निकटता भने बढेको स्पष्टै देखिन्छ । पछिल्लो समय सोनिकाले पारसलाई पृष्ठभूमिमा राखेर टिकटक भिडियो समेत बनाने गरेकी छिन । हुनत यति कारणले उनीहरु प्रेममा छन भन्ने कुनै प्रमाणित हुदैन तर निकटतामा भने अवश्य भएको बुझिन्छ । सोनीकासंगको निकटताले गर्दा राजाबादीहरुले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग यसरी नारिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी समेत गरेका छन् स्रोत https://nepalinsider.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here