पुर्व राजा ज्ञानेन्द्र पुग्दैछन् गर्भगृहमा:जहाँ भारतकै राष्ट्रपति पनि जान पाएका छैनन् !

0
783

माघ १७ बुधबार काठमाण्डौ !
पुर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भब्य स्वागत गरिने भएको खबर मिडिया आएको छ ! गोभर्धन मठ जगन्नाथ पुरी उडिसाका एक सय ४५ औँ शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्र शाहलाई अतिथिका रुपमा आमन्त्रण गरिएकाले उनि माघ २२ गते सोमबार भारत प्रस्थान गर्ने भएका छन् ! माघ २६ र २७ गते पुरीमा आयोजना गरिने बिशेस समारोहमा सहभागिताका लागि ज्ञानेन्द्र शाहलाई नेपालका राजाका रुपमा विषेस आमन्त्रण गरिएको छ ! समाचारमा ,समारोहमा भारतको उत्तर प्रदेशका मुख्य मन्त्रि योगी आदित्यनाथको पनि सहभागिता रहने बताइएको छ ! त्यस अवसरमा ज्ञानेन्द्र शाहबाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पुजाअर्चना हुने कार्यक्रम छ ! स्मरणीय छ,उक्त गर्भगृहसम्म पुगेर पुजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन ! भारतकै राष्ट्रपति समेत गर्भगृहमा जान पाउने छैनन् ! यस अघि तत्कालिन विरेन्द्र शाहबाट गर्भगृह सम्म पुगेर पुजा आजा गर्ने कार्य भएको थियो ! तिन दशक पछि ज्ञानेन्द्र शाहले उक्त अवसर पाएका हुन् ! उनलाई पुर्व श्री ५ नभई श्री ५ महाराजधिराजका रुपमा सम्बोधन गरि निमन्त्रणा पठाईएको छ, र स्वागतसत्कार पनि श्री ५ महाराजधिराजकै रुपमा गरिने बुझिएको छ ! उनीबाट पुरीमा स्थापना भएको गौशालाको उद्घाटन हुने कार्यक्रम छ ! उनले गोपीनाथ मन्दिर पुगी सत्यावातिको पुजा पनि गर्ने छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here