पुलबाट खसेर एक जनाको मृत्यु

0
711

चितवन, ५ मङ्सिर भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन् ।
कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here