पुलिसको जागिर छोडेर दुबई लागिन कीर्तिमानी केशरी !!

0
2071

मङ्सिर २८ बिहिबार काठमाण्डौ !!
नेपालकी प्रतिभाशाली एथलिट् केशरी चौधरी अन्तत; विदेशिएकी छिन् ! उनि नेपालमा प्रहरीको जागिर छोडेर दुबई पुलिश्मा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल बाट उडेकी छन् ! उनले दुबईमा रोजगारीका लागि जानु अघि नेपाल प्रहरीको जागिर बाट राजिनामा गरेकी थिइन् ! २०६७ सालदेखि नेपाल प्रहरीमा कार्यरत केशरीको नाममा अहिले पनि हाई जम्प ट्रिपल जम्प र सय मिटर हर्डलमा राष्ट्रिय किर्तिमान छ ! उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई दसौं पल्ट तोडेकी थिइन् ! नेपालले सन् २००८ मा एसिथि युथ < १९ महिला च्याम्पियनसिपको उपाधि जित्दा उनि ऑल राउन्डरको भुमिकामा थिइन् ! उनि विदेशिए पछि ! नेपालि ट्रयाक एण्ड फिल्डमा ठुलो क्षति पुगेको नेपालि प्रशिक्षक चन्द्र गुरुङले जानकारी गराए ! उनि नेपालि एथलेटिक्सको प्रतिभाशाली खेलाडी हुन ! उनि विदेश गए पछि यसको असर नेपालि खेलकुदमा देखिने छ , गुरुङले भने ! करिब १० वर्ष पुलिशको जागिरे हुँदा पनि बढुवा नभएपछि उनि निराश भएको आफन्त हरु बताउंछन् ! प्रहरीमा आबद्ध भएका अन्य खेलाडीहरुको प्रमोसन हुने ,तर आफुले राष्ट्रिय तथा अन्तररास्ट्रीय प्रतियोगितामा देशको नाम राख्दा पनि प्रमोसन नभएपछि उनि निराश थिइन् ,! उनि संग खेलेकी एक खेलाडीले बताईन ! दुबईमा केशरीको तलब १ लाख १२ हजार हुने बताईएको छ ! २६ बर्षीय केशरीले बंगलादेशको ढाकामा भएको एघारौ दक्षिन एशियाली खेलकुद देखि साग गेम्समा अनवरत भाग लिंदै आईरहेकी थिइन् ! उनले २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा सय मिटर दौडमा पनि भाग लिएकी थिइन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here