पुस्कर सुनुवार’को गीतमा बुगीबुगी बिजेता कबिता नेपाली (उर्कुची मुर्कुची) खेल्दै भिडियो हेरौं |

0
372

फागुन ३ काठमाण्डौ | संगीत संयोजनमा छुट्टै पहिचान बनाएका गायक/ संगीतकार/ एरेन्जर/ पुस्कर सुनुवारको धमाकेदार गीत (उर्कुची मुर्कुची) गीतको भिडियो सार्वजनिक भएको छ | आफ्नो संगीत तथा संगीत संयोजनमा चर्चित गायक गायिका हरुलाई गीत गवाइ सकेका र आफ्नो संगीतमा आफै कयौं गीत गाएर दर्शक स्रोताको मनमा बसिसकेका गायक संगीतकार/ एरेन्जर/ पुस्कर सुनुवारले अहिले भने संगीतकार भिम बिस्ट ‘सिरिश’को शब्द/ संगीत रहेको (उर्कुची मुर्कुची) बोलको टिपिकल गीत गाएर भिडियो सहित आफ्ना फ्यान तथा नेपाली गीत संगीत प्रेमीहरुका लागी नयाँ कोशेली पस्केका छन् |

उक्त गीतलाई संगीत संयोजन भने गायक पुस्कर सुनुवार स्वयम्ले गरेका हुन् | गायक/ संगीतकार पुस्कर सुनुवार भन्छन (उर्कुची मुर्कुची) भन्नाले सानोमा हामी खेलिने खेल’हो उक्त खेल लोप भैसकेको अवास्थामा एस्तो खेल पनि थियो है भन्ने अवगत गाराउन पनि हामीले यो गीत रमाईलो पारामा तयार पारेर भिडियो ल्याएका हौँ |
उक्त गीतमा चितवनको मिरोर उनाइट डान्स क्रु’को डान्स तथा बुगीबुगी डान्स बिजेता कबिता नेपाली चर्चित मोडेल चक्र बमको धमाल डान्स सहित दमदार अभिनय रहेको छ |

गीतको भिडियोमा सुमित लामाको निर्देशन ,ज्ञानेन्द्र शर्माको छायांकन ,मोहन सुनुवार’को भिडियो सम्पादन कमल प्रसाईं को ड्रोन उडान रहेको छ | भिडियोमा कोरियोग्राफी मिरोर उनाइट क्रु को नै रहेको छ | भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ भने गीतको भिडियोलाई गायक संगीतकार एरेन्जर पुस्कर सुनुवारको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here