पूजालाई १५ लाख, बाहिरी ब्यानरको फिल्ममा |

0
527

नायिका पूजा शर्माले हालै १५ लाख पारिश्रमिक लिएर ‘सम्हालिन्छ कहिले मन’ फिल्म साइन गरेकी छिन् । फिल्म ‘प्रेम गीत’ बाट दर्शकको रोजाइमा परेकी पुजाले ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ निर्देशक सुदर्शन थापासँग सहकार्य गरेर बनाएकी थिइन् । ‘सम्हालिन्छ कहिले मनमा’ उनी नायिका मात्रै हुन् ।


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भर्खरै पुनम गौतमको फिल्ममा १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । साम्राज्ञीसँगै पूजा पनि महंगो नायिकामा दह्रिएकी छिन् । ‘प्रेम गीत’ पछि आफनै ब्यानरको फिल्ममा रमाइरहेकी पूजाले ब्यानर भन्दा बाहिरको फिल्ममा राम्रो पारिश्रमिक पाउन सफल भएकी हुन् ।

सुदर्शन थापाले निर्देशन गर्ने फिल्ममा नवनायक सोनम तोप्देनको मुख्य भूमिकामा पक्का भैरहेका छन् भने अर्का नायकमा आर्यन सिग्देल या आकाश श्रेष्ठको चर्चा छ । फिल्मको छायांकन माघबाट सुरु गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here