पूर्वपश्चिम राजमार्गको दाङमा यात्रु बस दुर्घटना १६ जना यात्रु घाइते

0
555

पुष ६ काठमाण्डौ | दाङ – पूर्वपश्चिम राजमार्गको दाङ सडकखण्डमा यात्रु बस दुर्घटना भएको छ।
नेपालगञ्जबाट घोराही जाँदै गरेको ना७ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर–८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्।

घाइतेहरुको अवस्था सामान्य रहेको र लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ।deshsanchar .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here