पूर्वेली लोक भाका “उड्यो चरी” बोलको गीत सार्वजनिक

0
1132

हाँस्य टेलिश्रृंखला “लौन जात्रै भो” को जोडी ध्रुब राई ( थेवे ) र सीता याखा (उजेली ) अभिनित पूर्वेली लोक भाका “उड्यो चरी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक देवान र राधा लिम्बूको स्वर तथा आधुनिक देवनकै संगीत र सिसमयोगी देवानको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पारिवारिक माया, विछोड, पिडा अनि परदेशीको कथामा तयार पारिएको भिडियो हेर्दा आफ्नो गरिबि अनि बेरोजगारीको कारण आफ्नो जन्मभूमि र परिवारलाई छोड्न विवश अधिकांश नेपालीहरुको वास्तविक कथालाई महशुस गर्न सकिन्छ ।
चलचित्र निर्देशक शिव शर्मा ( कँडेल ) को निर्देशन, प्रवेश पोख्रेलको छायाँकन तथा दुर्लभ श्रेष्ठको सम्पादन रहेको र ओ एस आर डिजिटल यूट्युब च्यानलमार्फत बजारमा पठाइएको भिडियोले छोटो समयमा दर्शकहरुको माया र सकारात्मक प्रतिकृया बटुल्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here