पेट्रोल पम्प संचालकको धारिलो हतियार प्रयोग गरि हत्या !

0
1247

पुष ७ शुक्रबार काठमाण्डौ !
रुपन्देहीको मायाँदेवी गाउँ पालिका १मा धारिलो हतियार प्रयोग गरि पेट्रोल पम्प संचालकको हत्या भएको छ ! राति पम्पमा बसिरहेको अवस्थामा मायाँ देविगाउँ पालिका वडा नाम १ औरलीका ३५ बर्षीय अब्दुल अयुब खानको हत्या भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर पुरुषोत्तम राउतले बताए ! खानको रातिनै हत्या भएको भए पनि बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरका थिए ! उनले हसन आयल फिदीङ पेट्रोल पम्प संचालन गर्दै आएका थिए ! टाउकोमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीको भनाई छ ! घटना कसले गरेको भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ! घटना पछि जिल्ला प्रहरी कार्यालय भैरहवा सहितको टोलि घटनास्थलमा पुगेको थियो ! शबलाई जिल्ला अस्पताल भैरहवामा राखिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here