पोखराका प्रहरी हवल्दार १ करोड ठगीको आरोपमा पक्राउ !

0
675

चैत १५ काठमाण्डौ ! अरुको रक्षा गर्ने चोरी डकैति गर्नेलाइ पक्राउ गर्ने प्रहरीले नै चोरी गर्न लागेपछि जनताले प्रहरीको बिस्वास कसरी गर्ने भन्ने प्रश्न सबै मानसमा प्रश्न खडा भएको छ ! पोखरा लेखनाथ महानगर पालिका १८ सराङ्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारी १ करोड ठगीको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । ।गोर्खा आरुपोखरीका ३५ वषर्ीय अधिकारीमाथि कास्कीको माछापुच्छ्रे ९ माईती घर भई दाङ्िसमराङ बस्ने टोपली भनिने निशा परियारसँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप छ ।अधिकारी र परियारलाई वाईसीएल कास्कीका बरिष्ठ उपाध्यक्ष एञ्जल्स कार्की र अनुशासन विभाग प्रमुख लक्ष्मण अधिकारी सहितको टोलीले नियन्त्रणमा लिएर मंगलबार कास्की प्रहरीलाई बुझाएका छन् ।
उनिहारुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानचलाइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले बताए । ठगिएकाहरुले आफ्नो रकम फिर्ता गराईदिन प्रहरीलाई आग्रह गरेका छन् । यद्यपि उनीहरुले किटानी जाहेरी भने दिएका छैनन् । हालसम्म ९ जनाले आफूहरु ठगिएको बताएका छन् । मौखिक शर्तमा आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीरु बताउँछन् ।शुरुमा टोपली भनिने निशाले चिनजान गर्ने र दोस्ती बढ्दै गएपछि पैसा ब्याजमा माग्ने गरेको र पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको ठगिएकाहरुको भनाइ छ । कागज गरेर मात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ?(स्रोत अनलाइन खबर) हामीले दिन्छौं भनेर दवाब दिनेगरेको उनीहरुले बताएका छन् ।अधिकारी र परियारले सयकडा ३ रुपैयाँ ब्याज दिने भनेर लोभ्याउने गरेको उनीहरुले बताएका छन् ।पैसा तिर्ने भाका नाघेपछि भने सम्पर्कमा नआउने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here