पोखरालाई खेलकुदको शहर बनाइने !

0
1146

पुष ११ मंगलबार काठमाण्डौ !
युवा तथा खेलकुद मन्त्रि राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकता पारेको बताए ! पोखरा रंगशालामा आज देखि सुरु भएको २१ औँ महिला तथा ३१ औँ पुरुष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै उंहाले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरु योजनानै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठुलो धन राशी खर्च गर्न लागिएको जानकारी दिए ! सो अवसरमा मन्त्रि केसीले नेपाल भलिवल संघका सल्लाहकार तथा मुस्ताङ जिल्ला बाट प्रतिनिधि सभा सदस्य नव निर्वाचित प्रेमप्रसाद तुलाचन र भलिवल खेलाडी नविनकुमार गुरुङ लाइ सम्मान गरेका थिए ! राष्ट्रिय खेलकुद परिषद्को संयोजन एबम नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको व्यवस्थापनमा भएको सो प्रतियोगितामा महिला तथा पुरुष तर्फ़ पुर्वाञ्चल मध्यमाञ्चल , पश्चिमाञ्चल ,मध्यपश्चिमाञ्चल , र सुदुरपश्चिमाञ्चल, नेपाल पुलिश क्लब , शसष्त्र बलको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी छन् ! मंगलबार बिहान भएको खेलमा पुरुष तर्फ़ नेपाल आर्मीले पुर्वाञ्चललाइ २५,२० २५ ,१९ २५,२४ र दोस्रो खेलमा शसष्त्र प्रहरीले सुदुरपश्चिमान्चाल्लाई २५ ,१२ २५ ,१७ र २५ ,१४ ले पराजित गरेको थियो ! यस्तै महिला तर्फ शसस्त्र प्रहरीले पुर्वाञ्चललाई २५ ,२ २५ ,४ २५ ,७ तथा मध्येमाञ्चलले मध्येपश्चिमाञ्चल लाई २५ ,७ २५ ,११ र २५ ,१७ ले पराजित गरेका थिए ! प्रतियोगिता यहि पुष १५ गते सम्म चल्ने छ !
!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here