पौडेलको चियापानमा गएनन् देउवा !

0
619

फागुन १५ मंगलबार काठमाण्डौ ! नेपालि कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति देउवा पक्षका नेताहरु सहभागी भएनन् ,निर्वाचित साम्सदहरुको सम्मानमा पौडेलले सोमबार दिउँसो आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा सभापति देउवा सहितका नेताहरु उपस्थित भएनन् ! कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला ,निकट मानिएका गगनकुमार थापा ,भीमसेन दास प्रधान ,धना खतिवडा सहितका नेताहरु भने उपस्थित थिए ! त्यस्तै नेता खुम बहादुर खड्का ,देबेन्द्रराज कंडेल ,पुष्पा भुसालसहितका नेताहरु उपस्थित थिए ! नेता विजय कुमार गच्छदार ,बालकृष्ण खाँड सहित अन्य देउवा पक्षका नेता उपस्थित थिएनन् ,गच्छदार र खाँडले काठमाण्डौ बाहिर भएकाले आउन नसकेको जानकारी दिए !
(आजको नागरिक दैनिकमा खबर छ) तर देउवाका पक्षका अन्य नेताहरुले कुनै जानकारी गराएनन् ! पार्टी सभापति सहित संघिय संज्ञा पार्टीका तर्फाबाट निर्वाचित सबै संसदलाई आमन्त्रण गरिएको थियो ! पौडेलका सहयोगी चिरन्जिबी अधिकारीले ४० ,४५ नेता साम्सदहरु आएपनि सभापति भने आउनु भएन ! पौडेलले आयोजना गर्ने सहभागी हुने सभापति देउवा विरुद्धको आइतबार केन्द्रिय समितिमा उनले विभिन्न आरोप लगाएका थिए त्यस प्रति देउवा असन्तुष्ट छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here