प्याजको मूल्य वृद्धि प्रति माग्नेबुढाको ब्यंग्य,

0
46

अहिले नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । प्याजको मूल्य आकाशिएसँगै उपभोक्ता मारमा परेका छन् । प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग पनि घट्दै गएको छ । प्याजको मूल्य प्रतिकिलो रु २०० भन्दा बढी हुदै गएपछी उपभोक्ताले प्याज खान छोडेका छन् ।

प्याजको मूल्य वृद्धि भएपछी सामाजिक सञ्जालमा पनि अहिले प्याजको बिषयमा ब्यंग्य गर्न थालिएको छ । यसैक्रममा चर्चित हास्य कलाकार केदार घिमिरे माग्नेबुढाले पनि प्याजको बिषयलाई लिएर ब्यंग्य गरेका छन् । प्याजको मूल्य वृद्धि भएपछी उनले प्याजका फरकफरक मूल्य निर्धारण गरेका छन् । उनले आफ्नो फेसबुकमा प्याजका फरकफरक तरिकाले मूल्य निर्धारण गरेका छन् ।उनको प्याजको मूल्य यस्तो छ ।

प्याज प्रति किलो 250/-
प्याजको सुकेको बोक्रा प्रति किलो 100/-
प्याजको जरा प्रति किलो 150/-
प्याज छोएको 80/-
झुक्किएर प्याज छोएको 40/-
प्याज उचालेको 125/-
प्याजको भाउ सोधेको 20/-
भाउ सोधेर टाउको कन्याएको 35/-
प्याज हेरेको 50/-
प्याज सुंघेको 70/-
प्याजलाई आंखा तरेको 30/-
“तिम्रो प्याज चाहिएन” भनेको 175/-
प्याजको कुरा काटेको 45/-
“प्याज बिना बांचिन्छ” भनेको 155/-
“अब प्याज खेती गर्ने ” भनेको 200/-
अब हामी “प्याज” बहस गरौं, चुनाब बहस गरौँ, जाभो सिमाना त बिदेशीले जोगाइदिइहाल्छन् नी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here