प्रकाशमानले मागे देउवाको राजिनामा !!

0
1237

मङ्सिर २९ शुक्रबार काठमाण्डौ !
नेपालि कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् ! प्रदेश तथा प्रतिनिधि सभा चुनाबमा पार्टीले ब्योहोरेको हारको जिम्मा लिंदै राजिनामा दिन सुझाब दिएका छन् ! शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व महामन्त्री सिंहले चुनाब हारेपछि चुनाब दिने प्रचलन रहेको बताए ! फलानोले राजिनामा दिने पर्छ भनेर मैले भन्ने होइन , उनले भने ,डेमोक्र्याटिक पार्टीको नेतृत्व भएकाले आफुले सोचे अनुसार काम जनताले अनुमोदन गरेर यो कारणले छोड्नु भन्ने राम्रो हो ! पार्टी सभापति देउवाले राजिनामा नदिए पार्टीको बिधान अनुसार अघि बढ्ने उनले बताए ! उनले अघि भने अधिबेशन बाट जितेको भनेर घमण्ड गर्न थाल्यौ भने के हुन्छ अहिले थाहा भैहाल्यो नि !
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ़ कांग्रेसको पक्षमा नतिजा नआएको भन्दै उनले अब पार्टीमा सुधार गर्नु पर्ने बताए ! मान्छे बिरामी भयो भनेर आर्यघाटमा लगेर छाड्ने होइन ! उपचार गर्नुपर्छ, नेता सिंहले भने ,त्यसरीनै पार्टीमा कमजोरी छ भनेर त्यसै बसेर हुंदैन ! सुधार गर्नुपर्छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here