प्रचण्डको चितवनवासीलाई खुशीको खबर के भने ?

0
1349

पुष ११ मंगलबार काठमाण्डौ !
ठोरी चितवन < नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं ३ ठोरी गाउँपालिकालाइ गाभिने दाबी गरेका छन् ! ठोरी गाउँपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रचन्डले ठोरीलाई पहिले नै प्रदेश नं ३ मा गाभ्ने सहमति भए पनि मधेश आन्दोलनका कारण रोकिएको बताए ! ठोरीका स्थानिय जनताले पटक पटक प्रचण्ड सहित विभिन्न दलका नेताहरुलाई भेटि ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग अराख्दै आएका थिए ! उनले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता ठोरी रहने बताए ! ठोरी गाउँपालिकाले सर्बसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको प्रचण्डको भनाई छ ! प्रचण्डले ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए ! उनले भने ,त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्व पूर्ण छ !, यो निकै छोटो र र उत्कृष्ट मार्ग बन्ने छ ! चुनावको विजय जुलुसका लागि केपी ओली रसुवा जाने र आफु चितवन आउने संयोगले ठोरी केरुङ राजमार्ग बन्ने निश्चित भएको प्रचण्डको दाबि छ ! उनले ठोरी नाकालाई थप ब्यबस्थित गर्ने समेत प्रतिबद्धता जनाए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here