काठमाडौँ मंगसिर ३ केन्द्र का अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको आज बिहान असामयिक मृत्यु भएको छ ! नर्भिक अस्पतालका प्रेस संयोजक आर पी मैनालीका अनुसार बिहान साढे ५ बजे प्रकाशलाइ नर्विक अस्पताल पुरयाईएता पनि डाक्टर हरुले तत्काल मृत घोषणा गरेका थिए ! उनको मृत्यु कुन रोग वा कसरि भएको भन्ने बारेमा डाक्टर हरुले आफुलाई केहि जानकारी नदिएको मैनालीले बताए ! हृदयघात का कारण मृत्यु भएको भन्ने अपुष्ट समाचार बाहिर आएपनि अस्पतालले आधिकारिक पुस्टि नगरेको जानकारी आएको मैनालीले बताए !छोरा को अवस्था घम्भिर भएपछि झापामा रहेका बाबु प्रचण्ड हेलिकप्टर मार्फत काठमाडौँ आउदै गरेको बताइएको छ !