प्रचण्ड भन्छन सहमति उल्टाएर कांग्रेसले विवाद सुरु गर्यो !

0
1232

पुष ९ आईतबार काठमाण्डौ !माओबादि केन्द्रका अध्यक्ष प्रचन्डले कांग्रेसकै सहमतिमा बहुमतिय प्रणाली मार्फत राष्ट्रियसभा गठन गर्ने बिधेयक राज्यब्यबस्ता समितिबाट पास गरिएपनि कांग्रेसले उल्टाएको आरोप लागाएका छन् ! स्थानीय तहको पहिलो चरणको चुनावको परिणामबाट कांग्रेस डराएको र राष्ट्रियशभामा शुन्य हुन्छौ भनेर त्यसलाई उल्ट्याएर एकल संक्रमणीय प्रणालीको ब्यबस्था राखेर अध्यादेश तयार पारेको प्रचण्डको भनाई छ !चितवनमा आइतबार एक कार्यमामा प्रचण्डले पारित हुने लागेको विधेयकलाई उल्ट्याएर कांग्रेसलेनै विवादको सुरुवात गरेको दाबि गरे ! उनले योविवाद छिट्टै समाधान हुने र नयाँ सरकार गठन हुने पनि बताए !यस्तो छ प्रचण्ड को भनाई !

अहिले राष्ट्रियसभा गठन सम्बन्धमा केहि विवाद देखिएका छन् ! त्यो संबैधानिक थोरै र धेरै राजनीतिक विषय छ ! राष्ट्रियसभाका बारेमा छिट्टै हुन्छ ! छिटो भन्दा छिटो सरकार गठन हुन्छ ! रास्ट्रियसभा गठन सम्बन्धमा निर्वाचन आयोगले ! बिधेयक ड्राफ्ट गरेको थियो ! त्यसमा बहुमतीय आधारमै गठन गर्ने उल्लेख छ ! ! त्यहि स्पिरटका आधारमा साथ् अघि बढेको थियो ! बहुमतीय आधारमै गठन गर्ने भन्ने ड्राफ्ट क्याबिनेटमा आयो ! हामीले क्याबिनेटबाट सर्बसम्मत ढंगबाट पास गर्यौ ! तर त्यसबेला पहिलो चरणको स्थानिय चुनाव भयो ! जतिबेला म आफै प्रधानमन्त्रि थिए ! त्यसको नतिजा वामपन्थीको पक्षमा आयो ! वामगठ बन्धन नभए पनि एमाले र माओबादिको मत जोड्दा धेरै नै बढी देखिन्थ्यो ! त्यसले गर्दा नेपालि कांग्रेसका साथीहरुलाई बहुमतीयमा गए शुन्य हुन्छौ भन्ने बुद्धि पलायो र उन्हाहरु संशोधनगरेर उल्ट्याउने तिर लाग्नु भयो ! उन्हाहरुले एकल संक्रमणीय कुरा गर्नु भयो कंग्रेस्स्कै सहमतिमा राज्य व्यवस्था समितिसम्म पास भएको यो बिधेयकमा कांग्रेसकै कारण विवाद सुरु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here