प्रचन्डले गरे पाण्डेसंग भेटवार्ता !

0
1329

माघ १६ मंगलबार काठमाण्डौ !
नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र पुर्व परराष्ट्रमन्त्रि रमेश नाथ पाण्डेबीच गोप्य भेट वार्ता भएको छ ! सोमबार उनीहरुबीच गोप्य भेटवार्ता भएको हो ! नेकपा एमाले र नेकपा माओबादि केन्द्र नेतृत्वको वाम पन्थी गठबन्धनको सरकार बनाउने प्रयास नाजुक चरणमा पुगेको बेलामा हिजो बिहान प्रचन्डले पाण्डेसंग गोप्य वार्ता गरेको खुलासा भएको छ ! ललितपुर सिडियो कार्यालयसंग जोडिएको घरमा प्रचण्ड र पाण्डे बीच करिब आधा घण्टा भन्दा बढी सरसल्लाह भईरहेको थियो ! उनीहरुबीच के कुरा भयो त्यो भने जानकारी प्राप्त भएको छैन ! स्रोतका अनुसार प्रचण्ड र पाण्डेबीच गोप्य छलफल भैरहंदा एमाले अध्यक्ष केपी ओली र माओबादि नेता राम बहादुर थापा बादल भने अर्कै कोठामा प्रचन्डलाई कुरिरहेका थिए ! पाण्डेलाई कडा सुरक्षा घेरा पन्छाएर प्रचण्डका निजि सचिवले घर भित्र लागेको प्रचण्ड निकट स्रोतले जनाएको छ ! तर भेट पछि भने भित्रैबाट मोटरमा निस्कनु भएका पाण्डेसंग टेलिफोनमा पनि सम्पर्क हुन सकेन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here