प्रतिभाशाली गीतकार अनिल खनाल पुन : एकपटक (एउटा पत्र) गीत मार्फत दर्शक स्रोता माझ !

0
1395

फागुन ७ सोमबार काठमाण्डौ ! प्रतिभाशाली गीतकार अनिल खनाल (एउटा पत्र लेखेको छु) गीत मार्फत फेरी दर्शक स्रोता माझ आएका छन् ! त्यसोत यस भन्दा पहिला गीतकार अनिल खनालका हिट गीत जीवन धराप छ , आँशु प्यारो छ, मेरी सानु कहाँ होलिन ,सर्पले झैं डसेर गयौ , बनाएर मायाँको भत्काएर घर ,खालि खालि छु ,मर्छु अब त ,धनको प्यास , तिम्रो याद ,ब्यर्थै दिल दिए तिमीलाई .ए मेरी सरु , बलि देउ मेरो शिर , को नै सक्यो र भिड्न , लगायतका दर्जनौ गीतहरु सार्वजनीक भैसकेका गीत हुन्, तिनी गीतहरुले अनिल खनाललाई गीतकार अनिल खनाल भनेर दर्शक स्रोतामाझ चिनाई सकेका छन् ! निरन्तर गितिलेखन कार्यमा संलग्न अनिल खनाल दोहोरि ,आधुनिक विधाका पोख्त गीतकार भन्दा फरक पर्दैन र उहाँमा कत्तिको प्रतिभा छ भन्ने यो पहिलाका वहाँका गीतहरुले पनि सावित गरिसकेको छ ! अहिले गीतकार अनिल खनाल ( एउटा पत्र) गीत लिएर दर्शक स्रोता माझ धमाकेदार प्रवेश गर्नुभएको छ ! एउटा पत्र गीतको अहिले सांगीतिक फाँटमा ब्यापक चर्चा चलिरहेको छ ! एउटा पत्र गीतलाई संगीत पनि गीतकार स्वयम् अनिल खनाललेनै गर्नु भएको छ भने, सोहि गीतलाई चर्चित गायक कुलेंद्र बिश्वकर्माले गाएका छन् र गायकीमा चर्चित गायिका देबी घर्तीले साथ् दिएकी छन् ! यो गीत एउटा पत्रमा एल्बममा समावेस छ ! यस गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन्, भने यस गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ! र यस गीतको भिडियोलाई सम्पादन गर्ने काम भने, बिनोद बमको रहेको छ ! यस मर्मस्पर्शी गीतमा आशा खड्का र सरोज खतिवडाको भावुक अभिनय देख्न सकिन्छ ! यस गीतको भिडियोलाई बिन्दबासिनी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ! अहिले सामाजिक संजाल र यु ट्युबमा यस गीतको चर्चा परिचर्चा संगै यस गीतलाई हेर्ने र सुन्ने दर्शक स्रोताको चाप बढी रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here