प्रतिलिपि अधिकारसम्बन्धी उजुरी’को आरोपमा प्रहरीले म्यूजिक नेपालका म्यानेजर थापालाई पक्राउ गर्यो |

0
38

काठमाडौं । म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई प्रतिलिपि अधिकारसम्बन्धी उजुरी परेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here