प्रथम बर्दिबास महोत्सवमा दर्शकको घुइंचो !

0
419

फागुन १५ बुधबार काठमाण्डौ ! यहि फागुन १५ गतेबाट अर्थात हिजोबाट  सुरु भएको प्रथम बर्दिबास महोत्सवमा पहिलो दिनमै दर्शक स्रोताको ब्यापक हर्ष उल्लासको साथ उपस्थति  भएको आयोजक बर्दिबास उद्योग बाणिज्यसंघ बर्दिबास ,आदिवासी जनजाती समन्वय परिषद महोत्तरी ,बर्दिबास नगर पालिका, तथा औध्योगिक शान्ति नेपाल संस्थाले जानकारी गराएको छ ! हिजो प्रथम बर्दिबास महोत्सवको  प्रदेश नम्बर २ का प्रदेश प्रमुख  रत्नेश्वरलाल काइस्थबाट महोत्सव कार्यक्रम उद्घाटन भएको थियो  ! बर्दिबासलाइ एक आपासी सद्भावको पहिचान नमुना शहर तथा प्रदेश नम्बर २ को व्यापारिक केन्द्र बिन्दु बनाउने अभियान सहित प्रदेश नम्बर २ स्तरिय प्रथम बर्दिबास औद्योगिक ब्यापार कृषि पर्यटन ,परबर्धन तथा नेपाल आदिवासी जनजाति महोत्सव २०७४ यहि फागुन १५ गते देखि २५ गते सम्म सुरु गरिएको, मेला आयोजक टिम बताउन छन् ! बर्दिबास नगरपालिका वडा नम्बर १ स्थित बसपार्कको दक्षिणको चौर काठेपुलसंगै हुन लागेको महोत्सव बर्दिबासको आर्थिक सम्वृद्धिको लागि सहायक सिद्ध हुने बासिन्दाको भनाइ छ ! त्यस क्षेत्रमा रहने स्थानीय बासीहरुलाई सर्व शुलभ तरिकाले सम्पूर्ण सामान एउतै  थलोमा उपलब्ध गराउने उद्धेश्यले सुरु गरिएको मेलाले समग्र बर्दिबास्बासिलाई प्रत्यक्ष फाइदा पुग्ने आयोजकको भनाइ छ ! बर्दिबास आफैमा एक व्यापारिक धार्मिक ,सांस्कृतिक र पर्यटकीय ,दृष्टिकोणले महत्व पूर्ण स्थल रहेको छ ! यसै अनुरुप यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी तथा आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनु भयो ! उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण  दैनिक उपभोग्य खाद्यान्नका सामानहरु देखि लिएर लत्ता कपडा ,जुत्ताहरु कृषि कला तथा हस्तकला सामानहरु भाँडा कुडाहरु ,,एकै ठाउँमा सर्व शुलभ तरिकाले पाउने त्यसै गरी अटो मोबाइल ,विभिन्न ब्राण्डका मोबाइल ,अन्य ईलोक्ट्रोनिक्स   सामानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको सामानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको सामानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको ब्यबस्था गरिएको छ ! २ नम्बर प्रदेशस्तरिय प्रथम  बर्दिबास महोत्सवमा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानिय  कलाकारहरुले  उपस्थित भिडलाई  मनोरंजन दिने ,बाल बालिकाहरुको लागि पनि छुट्टै बाल उद्यान रोटे पिङ ,मारुती सर्कस ,कोलम्बस चिडिया घर  जादु तथा अन्य खेल सामाग्री समेत रहेको जानकारी  समितिका संयोजक  सुदिप कार्कीले गराए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here