प्रथामा बहुपति आकाशको ‘सूर्योदय’

0
1492

हाल कान्छी फिल्मको छायाँकनमा व्यस्त निर्देशक आकाश अधिकारीले मेघा प्रोजेक्ट घोषणा गरेका छन् । झण्डै दश करोड बजेटमा आकाशले ‘सूर्योदय’ निर्माणको घोषणा गरेका हुन् । फिल्म ‘द स्काई मुभिज’ ब्यानरमा बन्नेछ ।

‘घरको जेठो दाईले विहे गरेको युवतीलाई बाँकी भाईहरुले आफ्नै पत्नी मान्नु पर्ने’ बहुपती प्रथामा निर्माण हुने फिल्मको लामो समयदेखि अनुसन्धान गरिरहेको निर्देशक अधिकारीले बताएका छन् । उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा व्याप्त रहेको ‘बहुपती’ प्रथा निर्माणको लागि नेपालमा पहिलो पटक रेड क्यामरा भित्र्याइएको थियो । ‘हामीले यस विषय बस्तुमा सिमित लगानीमा डकुमेन्ट्री बनाएको भए, उहिले तयार गरिसक्थ्यौ । तर, लोप हुँदै गैरहेको ‘बहुपती’ प्रथालाई फिचर फिल्म मार्फत विश्वव्यापी रुपमा चिनाउन लामो समय लगाएका हौ । ८ देखि १० करोड बजेटमा ‘सुर्योदय’ निर्माण हुनेछ ।’ अधिकारीले थपे । ‘सुर्योदय’ निर्माण ढिलाई हुँदा उक्त रेड क्यामराबाट आकाशले ‘काठमाडौँ’ फिल्म निर्माण गरेका थिए ।

‘सुर्योदय’ निर्माणमा ‘द स्काई मुभिज’ सँग स्वदेशी तथा विदेशी संघसँस्थाले सहकार्य गर्नेछन् । साथै, स्वदेश र विदेशका संघ संस्थाले यसको ‘कपीराइट’ प्रतिलिपी अधिकार सुरक्षित गरिसकेका छन् । ‘कान्छी’ निर्माण पछी २०१८ बाट ‘सुर्योदय’ निर्माणको थालनी हुनेछ । ‘बहुपती’ प्रथामा निर्माण गरिएको डकुमेन्ट्री (च्भकभबचअज बदयगत तजभ कगलचष्कभ) युट्युबमा सार्वजनिक गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here