प्रदेशको राजधानी हेटौंडा नसार्न प्रधानमंत्रीलाइ देउवाको आग्रह ।

0
655
Newly elected Nepalese Prime Minister Khadga Prasad Sharma Oli, also known as K.P. Oli (L), speaks with the outgoing Prime Minister Sher Bahadur Deuba, after administrating the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal February 15, 2018. REUTERS/Navesh Chitrakar

४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि आग्रह गरे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि मंगलबार नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

यसैबीच नेता देउवाले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको शिलान्यास गरे । विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करीब ११ लाख रुपैयाँको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए ।स्रोत अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here