प्रधानमंत्री ओलीले राजपालाई पनि सरकारमा ल्याउने !

0
1077

फागुन २१ काठमाण्डौ ! प्रधानमंत्री केपी शर्मा ओलीले समाजवादि लोक तान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मात्र नभई संसद्को चौथो ठुलो दल राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि प्रधानमंत्री ओलिले आफ्नै निवास बालुवाटारमा बोलाइ आफूसंगै मिलेर सरकारमा आउन आग्रह गरे ! धेरै समय सम्म प्रधानमंत्री र महन्थ ठाकुरबीच वार्ता छलफल भएको थियो , प्रधान मंत्रीले उपेन्द्र यादवलाई मात्र प्रमुखता दिएको भन्दै मन दुखाएका महन्त ठाकुरलाई पनि प्रधानमंत्री केपी ओलीले आफ्नै निवासमा बोलाइ सरकारमा आउन आग्रह गरे ! करिब ढाई घन्टाको वार्तामा ओली र ठाकुर बीच खुलेर छलफल भएको छ ! प्रधान मन्त्रीले संख्या धेरै बनाउनु भन्दा देशको बिकाशका निम्ति राजपालाई पनि संगै लिएर जान ईच्छुक भएको भन्दै महन्थ ठाकुरलाई सरकारमा आउन आग्रह गरेको बताइएको छ ! र दुइ जना मंत्री बन्ने ठुलो कुरा नभएको र देश बनाउने लक्ष्यमा सहभानी हुन पनि अनुरोध गरेको बताइएको छ ! फोरमले बढी मन्त्रालय मागेको बेला यता प्रधानमंत्री ओलीले राजपालाई पनि सरकारमा ल्याउन खोजेको जानकारी प्राप्त भएको र ,सबैलाई संगै हिंडालेर मात्रै देशको भलो हुने र देश बिकास तर्फ़ लम्किने सक्ने तर्क दिंदै प्रधानमंत्री ओलीले उँहाहरुलाई साँचीनै सरकारमा आउन आग्रह गरेको खुलासा भएको छ ! यसो गर्दा एमालेले थप मन्त्रालय गुमाउनु परे पनि तयार रहेको छ ! यता ठाकुरले भने ,ओली प्रति आफ्नो व्यक्तिगत कुनै गुनाशो नरहेको र राजपाको मदेशको संबेदन शिलता बुझेर कार्य गर्नु हुन अनुरोध गरेका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here