प्रधानमन्त्री केपी शर्मा ओली’ले बृद्ध भत्ता ५ हजार पुर्याउने घोषणा गरे।

0
278

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पुर्याउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको अन्य सेवासुविधा पनि पर्याप्त नभएकोले त्यसलाई पनि समयअनुसार परिमार्जन गर्दै लगिने बताकाछन् ।

‘तत्कालीन नेकपा एमालेले १ सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार र्पुयाइएको छ, मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, मेरै कार्यकालमा पाँच हजार र्पुयाउँछु,’ ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here